०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७
Sorry No Photo is selected hare

सप्तरी – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । आर्मी मुख्यालयमा भएको कार्यक्रममा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले फिफा र एएफसीको सबै मापदण्ड पुरा गरी पाएको क्लव लाइसेन्सको प्रमाणपत्र आर्मीलाई हस्तान्तरण गरेका हुन् । सो प्रमाणपत्रलाई शेर्पाले आर्मीका प्रमुख पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । विभिन्न मापदण्ड तोकिएकोमा पूरा गर्दै नेपालको शीर्ष डिभिजन लिग खेल्ने आर्मीलाई गत मंगलबार एएफसीले लाइसेन्स दिने निर्णय गरेको थियो ।

‘ए’ डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएको थिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा नेपालको एक मात्र क्लबले अब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ । क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने छ ।

गत वर्ष सम्पन्न ‘ए’ डिभिजन लिग २०७६ मा आर्मी उपविजेता हो । एएफसीका प्रतियोगिता अन्तर्गत नेपालको हकमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ । एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेपछि विभिन्न शीर्ष डिभिजन क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]