१५ चैत्र २०८०, बिहिबार
wait Please...

के छ खबर.कम

बिहिबार, आश्विन ०१, २०७७

सप्तरी-उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले अन्तत कुलमान घिसिङ्गको पुनः नियुक्ति बारे मुख खोलेको छ । उसले पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको तर त्यो विचाराधिन अवस्थामा रहेको स्पष्ट पारेको छ ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रस्तावबारे जानकारी दिएका हुन् । चापागाईंका अनुसार गत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेका थिए । पुनः नियुक्तीको प्रस्ताव हाल मन्त्रिपरिषद् कार्यालयमा विचाराधीन रहेको चापागाईंले जनाएका छन् ।

उक्त प्रस्तावमाथि छिट्टै निर्णय हुनसक्ने आशा देखाए । ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’ चापागाईंले भनेका छन्, ‘प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

घिसिङ्गको चार वर्षे कार्यकाल गत भदौ २९ देखि सकिएको थियो । घिसिङ्गलाई पुनः प्राधिकरणको जिम्मेवारी दिन चर्को जनदबाब छ ।गत सोमबार र मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङ्गको नियुक्ती गर्ने आशा गरिएको भएपनि उनको नामबारे छलफल भएन् । कुलमानको नियुक्ती नभएसँगै उर्जा मन्त्रालयले प्राधिकरणको निमिक्तको रुपमा उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]