०६ जेठ २०८१, आइतबार
wait Please...

एस एन यादव

सोमबार, पौष १३, २०७७

सप्तरीका चिसाेपीडितहरुका लागि प्रदेश २ का एक मन्त्रीले अाज आफ्नो लगानीमा जनही एक एक थान कम्बल बितरण गरेका छन् ।

सप्तरिको महदेवा गाउँपालिकाका ६० जना बृद्धबृद्धा, अपाङ्ग, असक्तलाई प्रदेश न. २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राहत स्वरुप कम्बल बितरण गरेका हुन् ।
आफूले राजविराजमा स्थापना गरेको सम्पर्क कार्यालयमा उनीहरुलाई बोलाएर मन्त्री साहले कम्बल बितरण गरेका थिए ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले कम्बल बितरण गर्दा पार्टीका जिल्ला अध्यक्ष केदार यादव, दिनेश यादव, संचारकर्मी श्यामसुन्दर यादव, मनोजकुमार माझी, शुभ नारायण यादव ,चन्दन यादवसमेत सहभागि रहेका थिए । पुसको ठन्डीमा न्यानो कम्बल पाउँदा खुशी भएर बृद्धबृद्धाहरु मन्त्री साहलाई आर्शिवाद दिँदै बिदा भएका थिए ।

पार्टीको महदेव गाउँपालिका कमिटीले ठन्डीका कारण समस्यामा परेकाहरुको विवरण उपलब्ध गराएपछि उनीहरुका लागि सानो सहयोग भएपनि दिन पाएकोमा मन्त्री साहले निकै सन्तुष्टि मिलेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]