०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३१, २०७७

सप्तरी- नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुर,ओखलढुंगा र खोटाङमा १/१, झापामा १९, धनकुटामा २, भोजपुरमा ५, मोरङमा ३५ र सुनसरीमा ७० जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ३, पर्सामा ७, बारा, महोत्तरी र रौतहटमा १/१, सप्तरीमा ४४, र सिरहामा २ सय ७४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ५२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा १, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १, भक्तपुरमा २५, मकवानपुरमा ४९, रामेछापमा १, ललितपुरमा ६०, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा १९, तनहुँमा ३, नवलपरासी पूर्वमा ५, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ४ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा १, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ४, पाल्पामा २, बर्दियामा २, बाँकेमा ४४, रुपन्देहीमा ४५ र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा २, रुकुम पश्चिममा १, सल्यानमा ३३ र सुर्खेतमा १४, सुदूरपश्चिमको कञ्चनपुरमा अछाममा १ र कैलालीमा १४ कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]