१६ चैत्र २०८०, शुक्रबार
wait Please...

एस एन यादव

मंगलबार, भाद्र ३०, २०७७

सप्तरीका ग्रामीण भेगका सडक निर्माणमा गुणस्तरहिन काम भइरहेको खुलासा भएको छ ।साेहि क्रममा सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरा गाउँमा २ नम्बर प्रदेश सरकारद्वारा आ.व. २०७५÷०७६ मा ३० लाख सडक निर्माणमा अनियमितता र भ्रष्टाचारको साथै गुणस्तरहिन काम भएको भन्दै स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी दिएको श्रोतले जनाएको छ ।

सो सडक झब्बर मण्डलको घर देखि गुडकुन मण्डलको घर सम्म निरज यादवको अध्यक्षतामा उपभोक्ता समितिले स्टिमेट अनुसार निर्माण कार्य नगरेको भन्दै आयोगमा उजुरी दर्ता भई कानूनी प्रकृया अगाडी बढेको आयोग श्रोतबाट थाहा हुन आएको छ ।
आ.व. ०७५÷०७६ मा प्रदेश सरकारबाट झब्बर मण्डलको घर देखि गुडकुन घर सम्म ३० लाखको माटो र ग्राईभेल हाल्ने बजेटमा स्टिमेट अनुसार माटो पुर्नेकाम र झब्बर घर देखि जगदिश साहको घर सम्म ग्राईभेल हाल्नुपर्नेमा हरि मण्डलको घर अगाडी माटो र ग्राईभेल नहालीएको अबस्थामा अनियमितता र भ्रष्टाचार देखिन आएकोमा स्थानिय उपभोक्ताले गत बर्ष आयोगमा उजुरी हालेका छन् ।

झब्बर घर देखि गुडकुन घर सम्मको माटोमा उजुरी परेर पनि प्रदेश सांसद मनिष सुमनको सांस्दीय कोषबाट ५ लाखको र जगदिश साह घर देखि कृषयादवको घर सम्म अलि अलि माटो र ग्राईभेल हालेका छन् भने गुरुदयालको घर नजिक १ लाखको मर्मत सम्भार वापत गा.पा.बाट आयोगमा उजुरी परेको समयमा ग्राईभेल समेत हालेको स्थानिय उपभोक्ताले बताएको छ ।
३० लाखको बिनियोजित बजेटमा गुणस्तरहिन काम गर्नुको साथै भ्रष्टाचार भएकोमा आयोगको कार्यालय ईटहरीमा २०७६ सालमै अनियमितता र भ्रष्टाचार भएको बारेमा छानविन गरी उपभोक्ता समितिका अध्यक्ष यादवबाट भ्रष्टाचार गरेको रकम असुल उपर गरी कानूनी कार्यवाही अगाडी बढाउन उजुरी पत्रमा मांग गरिएको छ ।

त्यस्तै सोनरा रा.प्रा.वि.को मर्मत सम्भारमा प्रदेश सरकारको १० लाखको रकममा समेत अनियमितता र भ्रष्टाचार भएको भन्दै उपभोक्ता समितिका अध्यक्ष अरविन्द कुमार यादवमाथि समेत आयोगमा उजुरी परेको श्रोतले जनाएको छ। प्रदेश नं. २ का योजनामा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै आयोगमा समेत उजुरी परेका छन् । मुलुकमा कोरोना भाईरसको महामारीमा आयोगमा परेको उजुरी माथि छानविन सुरु नभएको कारण आरोपिहरुलाई कानूनी कठघरामा उभ्याउन नसकेको स्थानिय बुद्घिजिवीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]