१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ३०, २०७७

सप्तरी- नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र संखुवासभामा १÷१, झापामा ६, मोरङमा १ सय ११ र सुनसरीमा १७ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ६, पर्सामा १, बारामा ३, महोत्तरीमा ९, सप्तरीमा २४, सर्लाहीमा ४, सिरहामा १ सय ६२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा ३७, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा ८६, मकवानपुरमा ८७, रामेछापमा २, ललितपुरमा ३५ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७, गोरखामा ५, तनहुँमा ९, नवलपरासी पूर्वमा २१, मनाङमा १, लमजुङमा ४ र स्याङमा १४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ३, गुल्मीमा ३, दाङमा २६, नवलपरासीमा ३, पाल्पामा १६, बर्दियामा १, बाँकेमा २७, रुपन्देहीमा ५१ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेख र सल्यानमा २÷२, सर्खुेतमा २३, सुदूरपश्चिमको कञ्चनपुरमा ८, कैलालीमा ११, डोटीमा ११, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]