०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २९, २०७७

सिरहा-मुख्यमन्त्री लालबाबु राउतले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको बनको जग्गा चाँडै फिर्ता हुने बताउनु भएको छ ।
सिरहाको चोहर्वामा बनको जग्गा अतिक्रमण गरेको भन्दै आन्दोलनरत समूहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको सम्पति कसैले पनि अतिक्रमण गर्न नपाउने र प्रदेश सरकार गर्न पनि नदिने बताउनु भयो ।

विगतमा विभिन्न जालझेल गरि अतिक्रमण गरिएको जग्गा तत्काल अतिक्रमण मुक्त हुने आश्वासन समेत उहाँले दिनु भयो ।
अतिक्रमित जग्गा फिर्ता हुनु पर्ने मांग सहित आन्दोलन जारी रहेको अवस्थामा सिरहाको चोहर्वा पुग्नु भएको मुख्यमन्त्री राउतले सरोकारबला निकायहरु प्रमुख जिल्ला अधिकारी , वनअधिकृत, मालपोतका प्रमुख , सुरक्षा प्रमुख हरु संग जग्गाको अवस्था फिर्ता प्रक्रिया बारे छलफल गर्नु भएको हो ।
छलफलको क्रममा मुख्यमन्त्री राउतले अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिनु हुँदै आवश्यक पर्ने हरेक प्रकारको निर्णय गर्न प्रदेश सरकार तै्रयार रहेको समेत बताउनु भयो ।

उहाँले जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकाहरुमाथि कारबाहीको प्रक्रिया थाल्न समेत निर्देशन दिनुभ एको छ । सिरहाको गोलबजारमा पछिल्लो साता मात्र बनको २ विग्घा ९ कट्ठा जग्गा फिर्ता गराइएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]