२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – लुम्बिनी प्रदेशले सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ ।समूह ए मा रहेको लुम्बिनीले पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो । जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरे । लुम्बिनीकी गिता गोसाई ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन् । कप्तान नेरी थापा १३ बलमा २ चौका सहित १५ रनमा अविजित रहिन् ।

पहिलो विकेटका लागि गिता गोसाई र सरस्वती घर्ती मगरले १२ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सरस्वतीलाई कविता गौतमले २२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । उनले ४२ बलमा १ चौका प्रहार गरिन् । प्रदेश २ की मध्य गतिकी बलर कविता गौतमले १ विकेट लिइन् । अन्यले विकेट लिन सकेनन् ।त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थिए । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिएका थिए ।तीव्र गतिकी बलर सुस्मिता भुषालले पहिलो ओभरको चोथो बलमा मेलिना रायमाझीलाई शून्य रनमा बोल्ड आउट गरेकी थिइन् । चौथो ओभरको पाँचौ बलमा स्वस्तीका बजगाईंले गोमा आलेलाई ३ रनमा एलबिडब्लू आउट गरिन् । सुस्मिताले पाँचौ ओभरको चौथो बलमा कप्तान सरस्वती चौधरीलाई विकेटकिपर नितु भण्डारीबाट क्याच आउट गराएकी थिइन् ।
स्पिनर गिता गोसाईको १३ औं ओभरको चौथो बलमा अघि सेरर सट खेल्नेक्रममा अनुराधा विकेटकिपर नितुबाट स्टम्पिङ हुन पुगेकी थिइन् । उनले ४१ बलमा १ चौका प्रहार गरिन् । १९ औ ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन् । उनले १४ बलमा १ चौका प्रहार गरिन् ।

लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । स्वस्तीका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । स्पिनर गिता गोसाईको नाममा १ विकेट लिइन् ।दोस्रो खेलमा लुम्बिनीले आइतबार कर्णाली प्रदेशविरुद्ध खेल्ने छ । आइतबार प्रदेश नम्बर २ ले एपिएफसँग खेल्ने छ । आज दोस्रो खेलमा एपिएफले कर्णालीको सामना गर्दैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]