१७ मंसिर २०८०, आइतबार
wait Please...
कैलालीका पत्रकार आन्दोलित

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री

KChhaKhabar

सोमबार, भाद्र २९, २०७७

कैलाली । धनगढीस्थित दिनेश सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्ने समूहलाई पक्राउ नगरिएको भन्दै कैलालीका पत्रकारहरू आन्दोलित भएका छन् ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समूहले गृहका सहसम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए । दिनेश खबर डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सञ्चार गृहमा पुगेको समूहले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेको थियो ।

कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको तीन दिनसम्म पनि आक्रमणमा संलग्नहरू पक्राउ नपरेपछि कैलालीका पत्रकारहरु आइतबारदेखि आन्दोलित भएका हुन् । सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएका छन् ।

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री

नेपाल पत्रकार महासंघ कैलालीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्नै मुख्यमन्त्री भट्टले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्ने समूहलाई कारबाही हुने आश्वासन दिएका छन् । ‘म सुरु देखिनै यो विषयमा गम्भीर छु । पहिले पनि आक्रमणमा संलग्नहरूलाई पक्राउ गर्न भनेको थिएँ,’ मुख्यमन्त्री भट्टले भने, ‘फेरि पनि प्रहरी प्रशासनलाई यस विषयमा थप निर्देशन जारी गर्छु ।’

अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]