सप्तरी – सरकारी अस्पतालबाट निस्कने स्वास्थ्य सेवाजन्य फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी नभएको पाइएको छ । अस्पताललाई रोगमुक्त गराउने थलो हो । तर, तीनै अस्पतालबाट निस्कने फोहरका कारण अर्को रोग निम्तिने जोखिम बढेको हो ।
केही सरकारी अस्पतालले फोहर वर्गीकरण नगरेको, ओपीडीअघि नै संकलन गरेको, लामो समयसम्म संक्रमित फोहर एकैठाउँ भण्डारण गरेको पाइएको छ ।राजधानीका अस्पताल वीर, ट्रमा सेन्टर, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग तथा किर्तिपुर अस्पतालमा शुक्रबार पुग्दा त्यहाँ फोहर व्यवस्थापन प्रभावकारी नभएको देखियो ।देशकै जेठो अस्पताल वीरमा शुक्रबार फोहर संकलनस्थलमै देखिनेगरी बोर्ड राखिएको थिएन । त्यहाँ गेटअघि नै प्लास्टिकले बेरिएको फोहरको डंगुर देखिन्थ्यो । गेटमै टहरा खडा गरी फोहर संकलन गरिएको छ । जहाँ विरामी आवतजावत गरिरहेका हुन्छन् । गेटमै फोहर संकलन हुँदा संक्रमण फैलिने चिकित्सक औंल्याउँछन् ।त्यस्तै, ट्रमा सेन्टरमा अस्पतालको पार्किङ क्षेत्रमै फोहर संकलन गरिएको छ । नजिकै ओपीडी रहे पनि अवैज्ञानिक तवरले फोहर संकलन गरिएको थियो ।वीर अस्पतालमा संकलन भएको फोहर सवारी पार्किङनजिकै गर्ने गरेको पाइयो । संकलनकर्ताले संकलित फोहर १५÷१५ दिनमा लगिने बताए । फोहर संकलनस्थलमा देखिनेगरी बोर्डसमेत राखिएको छैन ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा औषधिका खोस्टा अव्यवस्थित रूपमा फालिएको छ । फोहर वर्गीकरणसमेत गरिएको पाइएन । किर्तिपुर अस्पतालमा फोहर व्यवस्थापन उचित रूपमा गरिए पनि केही फोहरजन्य वस्तु थन्क्याइएका थिए ।
किर्तीपुर अस्पतालका वातावरण अधिकृत बबिता महर्जनले ‘अटोकेलेभिङ’ गरेरमात्रै फोहर व्यवस्थापन गरिएको बताइन् । ‘फोहर व्यवस्थापनका लागि अटोकेलेभिङ गरेपश्चात् कुहिने किर्तीपुर नगरपालिकाले लैजान्छ, कुहिने फोहर पुनः प्रयोगमा ल्याउँछौं,’ उनले भनिन् ।वरिष्ठ छातीरोग विशेषज्ञ सहप्राध्यापक डा. नीरज बम अस्पतालबाट निस्किने फोहर उचित व्यवस्थापन नगरिए संक्रमण फैलिने सम्भावना उच्च रहने बताउ“छन् । ‘अस्पतालमा प्रयोग हुने डे«सिङका सामान, रगत तथा पिपजन्य पदार्थ, विरामीले प्रयोग गरेका सामान वैज्ञानिक तवरबाट डिस्पोज नगर्दा संक्रमण फैलाउने सम्भावना व्याप्त हुन्छ,’ उनी भन्छन् ।सरसफाई तथा फोहरमैला व्यवस्थापनसम्बन्धी जानकार गोविन्द श्रेष्ठले संकलित फोहर निस्क्रमण अस्पतालले नै गर्नुपर्नेमा जोड दिए । ‘संक्रमित फोहर निस्क्रमण गर्नुपर्छ । अस्पताल जिम्मेवार बन्न आवश्यक छ,’ उनले औंल्याए ।विघठित संसद्को शिक्षा तथा स्वास्थ्य समितिले अस्पतालजन्य फोहरमैला निस्कासन, बिसर्जन नियमित व्यवस्था गर्न लगाई आवधिक प्रतिवेदन तयार पार्न सरकारलाई सुझाव दिएको थियो ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार ‘स्वास्थ्य संस्था’ भन्नाले अस्पताल क्लिनिक, फार्मेसी, औषधि पसल, ब्लड बैंक, प्याथोलोजिकल प्रयोगशाला, अरु स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्कासन हुने हानिकारक फोहरमैला पर्छन् । हानिकारक फोहर उचित व्यवस्थापन नभए यसले मानव स्वास्थ्य एवं वातावरणमा असर पार्छ ।