१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जनाएको छ ।

प्रतियोगितामा विभागीय टोली एपीएफसँगै ७ प्रादेशिक टोलीको सहभागिता रहने छ । जसमा सहभागी टोलीहरुलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् ।

अहिले बिहान साढे ९ बजे हुने उदघाटन खेलमा लुम्बिनीले प्रदेश २ को सामना गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलका दुवै खेल १७ गते हुनेछन् भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]