२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – भारत र अष्ट्रेलियाबीचको चार टेस्ट क्रिकेटको श्रृङ्खला अन्तर्गत दोस्रो टेस्ट सुरु भएको छ ।भारतसँगको दोस्रो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ ।

मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलियाका कप्तान टिम पेइनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । चार खेलको टेष्ट श्रृङ्खला अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।

अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । तर भारतले टोलीमा ४ परिवर्तन गरेको छ । विराट कोहली स्वदेश फर्केपछि भारतीय टिमलाई अजिंका राहानेले कप्तानी सम्हालेका छन् । ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन् ।

भारतले गिललाई ओपनर पृथ्वी शा को ठाउँमा र सिराजलाई बलर मोहम्मद शामीको ठाउँमा मौका दिएको हो । विकेटकिपर ऋद्धिमान शाहको ठाउँमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन् । यसअघि घाइते भएका रवीन्द्र जडेजा पनि टिममा फर्किएका छन् ।

पहिलो खेलको दोस्रो इनिङमा अष्ट्रेलियासँग ३६ रनमा अल आउट हुँदै भारत आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतले यसअघि एकदिवसीय र टी-ट्वान्टी श्रृङ्खला खेलिसकेको छ । अष्ट्रेलियाले २-१ एकदिवसीय श्रृङ्खला र भारतले टी ट्वान्टी जितेको थियो । चार टेष्ट खेलको श्रृङ्खला मा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]