१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी – केही वर्ष अगाडि पर्यटकको खचाखच हुने ताप्लेजुङको पदमार्गमा अहिले चारैतिर सडक सञ्जालले जोडिएसँगै पदमार्ग मासिन थालेको छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११, लालीखर्कका राजकुमार विष्ट अहिले लगभग ३५ वर्ष पुगे। उनलाई सामान्य होटलमा बच्चा हुँदादेखि कञ्चनजङ्घा हिमाल हेर्न जाने पर्यटक आएर बस्ने गरेको सम्झना छ ।

उनी बताउछन्, “होटल व्यवसाय मेरा बाबु, बाजेले गर्दै आएको पेशा हो । यसैबाट हाम्रो परिवारको जीविकोपार्जन हुन्थ्यो । बालबच्चालाई राम्रो शिक्षा र उचित रहनसहन र लत्ताकपडाको व्यवस्था हुने गथ्र्यो ।’’ उनको परिवारले यस क्षेत्रमा पर्यटकको सेवामा लगभग ४० वर्षसम्म गुजारिसकेको छ ।

अहिले उनका बुबाआमा उमेरले पाका भइसक्नु भएको छ । अबको होटलको जिम्मेवारी राजकुमारको काँधमा आएको छ । उनले पनि पाँच÷सात वर्ष अगाडिसम्म राम्रै आम्दानी गरिरहेको थियो । होटल व्यवसाय राम्रै चल्थ्यो तर अहिले दोधारमा छन् । बिष्टलाई अहिले कसरी जीविका चलाउने भन्ने चिन्ताले सताइरहेको छ । वैकल्पिकरुपमा अन्य कुनै व्यवसाय पनि गर्न सकिने अवस्था नरहेकाले सो स्थानमा बसेर के गर्ने भन्ने चिन्ताले सताउन थालेको उनी बताउछन् ।

लालीखर्क ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका–११ मा रहेको सुन्दर एक बस्ती हो । समुन्द्री सतहबाट दुई हजार २०० मिटरको उचाइमा अवस्थित यो स्थान सुकेटार विमानस्थलबाट मात्रै करीब तीन घण्टाको पैदल दूरीमा रहेको छ ।

नेपाल सरकारले तोकेको कञ्चनजङ्घा साउथ बेसक्याम्पको बाटोअन्तर्गतको पहिलो क्याम्पका रुपमा रहेको यो स्थानमा विदेशी पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । पर्यटक बास बस्न नपाएर नजिकैको बारीमा टेन्ट टाँगेर बस्नुपर्ने अवस्था थियो । स्थानीयरुपमा उत्पादन भएका खाद्यवस्तु र अन्य सामानहरुले राम्रो मूल्य पाएका थिए । नियमितरुपमा आन्तरिक तथा बाह्य पर्यटकको आवातजावत भएपछि त्यस क्षेत्रको चेतनास्तरमा समेत विकास भएको पाइन्छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रको तथ्याङ्कमा यस क्षेत्रमा पाँच वर्ष अगाडि औसतमा वार्षिक ७०० पर्यटक आउने गर्दथे भने अधिकांशले कञ्चनजङ्घाको दुवैतर्फबाट पदयात्रा गरेर मात्रै फर्कन्थे । यो हिसाबमा लालीखर्कको रुट भएर जाने पर्यटक तमोरखोलातर्फबाट फर्कन्थे भने तमोरखोलातर्फबाट जाने पर्यटक यही फिर्ता हुन्थे ।

बाह्र घरजति रहेको यो स्थानमा अहिले चार घर मात्रै छन् । प्रायः शुरुदेखि यस स्थानमा व्यवसाय गर्ने मानिसले अहिले लालीखर्क छाडिसकेका छन् । धेरैले व्यवसाय बदलेका छन् भने कतिपय वैदेशिक रोजगारीतर्फ पलायन भएका छन् । पुख्र्यौली व्यवसायलाई अझै कुरेर बसेका राजकुमार एक्ला व्यक्ति हुनुहुन्छ । धेरै चिसो, कृषि उत्पादनको सम्भावना न्यून, आयआर्जनको बाटो कम र विभिन्न सेवा सुविधा पनि कम हुन थालेपछि यो स्थान अहिले रित्तो र सुनसान जस्तो बनेको छ ।

पुराना घर क्रमशः जीर्ण हुँदै गइरहेका छन् भने धेरै घर खाली देखिन्छन् । मानिसको आवतजावत पनि कम हुने भएकाले सामान्य चियापसल पनि चल्न गाह्रो रहेको विष्ट बताउनुहुन्छ । अब बाँकी रहेको चार घर पनि बसाइँसराइ भएर विस्थापित हुने चरणमा पुगेको उनको भनाइ छ ।

लालीखर्कको अवस्थाले कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकको यात्रामा सडक यातायातले पारेको प्रभावलाई प्रष्ट गर्दछ । जिल्लाको एक मात्र सुकेटार विमानस्थल र मोटर बाटोबाट सदरमुकाम फुङ्लिङ भएर उत्तरी र दक्षिणीतर्फको कञ्चनजङ्घा हिमाललाई अवलोकनको पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक दुई फरक बाटो भएर जाने गर्दछन् । यहाँका कुनाकन्दरामा सडक यातायात पुग्न थालेपछि यो पदमार्गमा हिँड्ने विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै घट्न पुगेको स्थानीय होटल तथा घरबास व्यवसायीहरु बताउँछन् ।

सदरमुकामबाट दक्षिणतर्फको बाटोमा सुकेटारबाट लालीखर्क, सिञ्चेपु भञ्ज्याङ, फुम्पेडाँडा, याम्फुदिन हुँदै लासे, तोरोङ्देन, चेराम, राम्जेर र ओक्ताङ बेसक्याम्पसम्म रहेकामा हाल याम्फुदिनसम्म सडक सञ्जाल पुगिसकेको छ भने उत्तर बेसक्याम्पतर्फको बाटो सुकेटार वा सदरमुकामबाट मित्लुङ, छिरुवा, सेकाथुम, अम्जिलेसा, ग्याब्ला, घुन्सा, खम्बाचेन, लोनाक र पाङ्पेमा बेसक्याम्पको बाटोमा हाल सेकाथुम नजिकसम्म सडक सञ्जाल पुगिसकेको छ ।

कुनै समय झलमल बनेको लालीखर्क मात्रै होइन, अहिले सिरीजङ्घा ३ र ४ को सिमानामा अवस्थित सुन्दर बस्ती काँडे भञ्ज्याङ पनि सुनसान बनेको छ । त्यहाँ सञ्चालन भएको पाँच होटल स्थानीयस्तरका पदयात्रीलाई सामान्य सेवा दिएर दिन काटिरहेका छन् । विगत ४० वर्षभन्दा अगाडिदेखि होटल र साना पसल व्यवसाय गरेर बसिरहेका स्थानीय सुवास बस्नेत भन्छन्, “विगतमा यहाँ पर्यटकको आवागमन राम्रो थियो । हामीले पनि त्यो समयमा सकेसम्म राम्रो सेवा दिएका थियौँ र भनेको जस्तै आम्दानी पनि ग¥यौँ ।” त्यसैको भरमा छोराछोरीलाई राम्रो शिक्षा प्रदान गर्न सक्यौँ र उनीहरु अहिले राम्रो रोजगारी गरेर जीविकोपार्जन गरिरहेका छन् ।

अहिले पनि यहाँका युवा होटल व्यवसायलाई व्यवस्थित बनाएर थप लगानी गर्ने तयारीमा छन् तर यसको भविष्य आउँदो दिनमा राम्रो देखेका छैनन् । पहिला पर्यटक आउँदा निकै परसम्म लिन गइन्थ्यो र ल्याएर कसको होटलमा राख्ने होडबाजी चल्थ्यो, कहिले पर्यटक बस्ने ठाउँ नपाएर भौँतारिन्थे तर अहिले वर्षमा १०÷१५ बाहेक पर्यटक हिँडेको देखिंदैन ।

सिरीजङ्घा–६ को फुम्पे डाडाका पुराना होटल व्यवसायी गोपी भट्टराई र मामाङ्खेका विशाल मावो पनि अब यो व्यवसायबाट केही गर्छु भन्ने आश नरहेको उनको गुनासो छ । मावो भन्छन, “यति लगानीमा होटल सञ्चालन गरियो तर आम्दानी लिने बेलामा पर्यटक अर्को सडकको बाटो भएर सिधै याम्फुनी पुग्छन् । भोलि अझ सडक राम्रो भएपछि त झन् पदयात्रा गर्ने पर्यटक नहुने भएकाले अब वैकल्पिक व्यवसायमा लाग्नु पर्ने अवस्था छ ।” स्थानीयवासीको पनि कम आवातजावत हुने यस स्थानमा होटल व्यवसाय नै गरेर बस्ने अवस्था नहेको भट्टराईको भनाइ छ । सुकेटारबाट याम्फुदिनसम्मको चार दिनको पैदल यात्रा अचेल पर्यटकले पाँचथरको गणेशचोक हुँदै सिनाम, आम्वेगुदिन हुँदै एक दिन हिँडेर दुई दिनमै पूरा गर्दछन् ।

सदरमुकामबाट तीन दिनको पैदल दूरी कायम गरिएको फुङ्लिङदेखि लेलेप सेकाथुमसम्मको पैदल दूरी पर्यटकले गाडीमार्फत एकैदिनमा प्ूरा गर्छन् । यता फुङ्लिङ नगरपालिका–१० को मित्लुङमा पर्यटकका लागि बनाएका होटलका संरचनाहरु क्रमशः अन्य प्रयोजनमा प्रयोग भइरहेको छ भने छिरुवामा रहेका होटलले स्थानीयरुपमा आवतजावत गर्ने यात्रीलाई सेवा दिइरहेका छन् । करीब २३÷२४ दिनको कञ्चनजङ्घा राउण्ड पदयात्राका लागि धेरै लामो दिन भएको गुनासो पर्यटकबाट आउने भएको र सडक यातायात भएपछि थप सहजता भएकाले पर्यटक यस क्षेत्रमा सडक पुगेपछि गाडीको यात्रा सहज हुने गरेको पर्यटक गाइड मिङ्मा तामाङ बताउँछन् ।

हाल सडक सञ्जाल पुगेको स्थानसम्म विगतमा पर्यटकको सेवाका लागि थुप्रै होटल, खाजा पसल थिए भन्ने आधिकारिक तथ्याङ्क छैन । धेरैले व्यवसायलाई त्यागेर पलायन भएका छन् भने कसैले अर्को व्यवसाय शुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]