०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २८, २०७७

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, झापामा १, मोरङमा ७१ र सुनसरीमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १४, पर्सा र बारामा ४÷४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २२ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा २७, धादिङमा ३४, नुवाकोटमा ९, भक्तपुरमा ८१, रामेछापमा २, ललितपुरमा ३३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्की, गोरखा र तनहुँमा ७÷७, नवलपरासी पूर्वमा २०, लमजुङमा २७ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तुमा ४, गुल्मीमा २, दाङमा १, नवलपरासीमा ८, पाल्पामा १, प्यूठानमा २, बर्दियामा ६१, बाँकेमा १७ र रुपन्देहीमा ३१ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा २, दैलेख र रुकुम पश्चिममा १÷१ र सुर्खेतमा ७, सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १४, कैलालीमा ७ र डडेल्धुरामा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १५ हजार १ सय १७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]