२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २६, २०७७

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ५४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को झापामा १४, मोरङमा ४७, संखुवासभामा १२ र सुनसरीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश २ को धनुषामा २, पर्सामा ३, बारा र महोत्तरीमा २÷२, रौतहटमा ६, सप्तरीमा ४, सर्लाहीमा ७ र सिरहामा ४२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २० जनामा कोरोना भेटिएको छ। काभ्रेमा ११, चितवनमा ७४, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ३८, मकवानपुरमा ५४, रामेछापमा १, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा ३८, पर्वतमा २, लमजुङमा ६, स्याङजामा ४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २८, गुल्मीका २०, दाङका ५, नवलपरासीका ३५, पाल्पाका १२, प्युठानका १३, बर्दियाका १, बाँकेका १८, रुकुम पूर्वका ११, रुपन्देहीका १ सय २ र रोल्पाका ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १ र सुर्खेतमा २६ जना, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ६७ र डोटीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १४ हजार ९ सय २५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]