१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – बुधबार सुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारसमेत बस्दैछ । बुधबारको बैठकले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी गरेको निर्णयमाथि छलफल गरेको थियो । बिहीबारसमेत छलफल गरेर प्रधानमन्त्रीको संसद् विघटन सम्बन्धी निर्णयविरुद्ध आन्दोलनमा जाने तयारी कांग्रेसले गरेको छ ।

केन्द्रीय सदस्य प्रदिप पौडेलका बुधबारको बैठकमा आठजना केन्द्रीय सदस्यले मात्र धारणा राखेका छन् । पौडेलका अनुसार ओलीको संसद् विघटन सम्बन्धी कदमलाई कसरी लिने र त्यसविरुद्ध कस्ता गतिविधि गर्ने भन्ने विषयमा धारणा राख्नेक्रमले आज पनि निरन्तरता पाउने छ । कांग्रेसले प्रधानमन्त्री ओलीको यो कदमलाई असंवैधानिक भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । बैठकमा आन्दोलनमा जाने विषयमा छलफल भए पनि आन्दोलनका कार्यक्रम भने तय भएको छैन । ओलीको कदमविरुद्ध आन्दोलनमा जाने विषयमा कांग्रेससमेत विभाजित भएको छ । बुधबारको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले तत्काल आन्दोलनमा जानु नहुने अडान लिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् । ‘बैठकमा बोल्ने केही सदस्यले तत्काल आन्दोलनमा जानुपर्ने धारणा राख्नु भएको छ’, नेता पौडेलले भने, ‘केही साथीहरुले भने अदालतको निर्णय पर्खिनुपर्छ भन्नु भएको छ ।’

बैठकमा सभापति देउवा र नेता पौडेलबीच यही विषयमा चर्काचर्कीसमेत भएको थियो। सभापति देउवा संसद विघटन सम्बन्धी विषयमा अदालतको निर्णय नआएसम्म पर्ख र हेरको अवस्थामा बस्ने तयारीमा छन् भने नेता पौडेल तत्काल आन्दोलनमा गएर दबाब दिनुपर्ने अडानमा छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]