१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने चेतावनी दिएका छन् ।

बुधबार योहो टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरे । उनले अव चुनाको माहोल बनेकाले मिलेर जान पनि आह्वान गरे । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’

ओलीले आफूलाई प्रचण्डले पार्टीमा कारवाही गर्नु भनेको निकै हाँस्यास्पद भएको समेत बताएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई कसले कहाँबाट निकाल्छ भन्ने कुराको कुनै मतलब नभएको दाबी गरेका छन्। ओलीले अहिले नेकपामा आएको विवादमा आफ्नो माधवकुमार नेपाल, झलनाथ खनाल लगायतसँग कुनै गुनासो नभएको स्पष्ट पारेका छन् ।

उनले अहिलेको विभाजन पनि नेपाल खनालसँग नभएर प्रचण्डसँग भएको बताएका हुन्। पार्टीभित्रको अहिलेको कलह प्रचण्ड माधव समूहको पद र प्रतिष्ठाको उपज भएको उनले बताए ।

आफू विरामी हुँदा पनि आरामदायी कुर्सीमा बस्दा पनि ईष्या गरिएको बताउँदै उनले भने, माधव जीलाई मैले तृतिय अध्यक्ष त प्रस्ताव गरेकै हो अहिले द्धितिय अध्यक्ष बन्नु भएछ, सोफा पनि राम्रै देखिएको थियो ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]