१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का अध्यक्ष कमल थापाले आन्दोलन वा चुनाव जुन बाटोबाट भएपनि पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन नेता कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् ।

आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको टिप्पणी गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरे ।

अहिलेको संकटको सृजना कम्युनिस्ट र काङ्ग्रेसबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भव नभएको भन्दै थापाले सबै राष्ट्रबादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भइ अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले काङ्ग्रेस कम्युनिस्टले मुलुक संचालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको विचार व्यक्त गरे । राजसंस्था र हिन्दुराष्ट्रई पुनर्स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सकृयताको आबश्यकता भएको समेत राणाको भनाइ थियो ।

अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनिले संसदको विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतको फैसला कुर्नुपर्ने बताए । उनले मुलुकलाई असफताको बाटोमा लान खोजिएकाले त्यो हुन नदिन राप्रपा बलियो हुनु पर्ने बताए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पौष १७ गते काठमाडौंमा हुने प्रदर्सनको खाका प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]