२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २५, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार २ सय ४६ जना भेटिएसँगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ।

४ सय २ महिला र ८ सय ४४ पुरुष गरी १ हजार २ सय ४६ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। प्रदेश १ को इलाममा २, उदयपुरमा २, खोटाङमा १, झापामा ११, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा १६, संखुवासभामा २२ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा २७, पर्सामा ११, बारामा १७, रौतहटमा २, सप्तरीमा ३५, सर्लाहीमा ४२ र सिराहामा १ जनामा कोरोना पाइएको छ।

यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ९५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। काभ्रेमा ३६, चितवनमा १८, दोलखामा ३, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ३५, रामेछापमा २, ललितपुरमा ४३, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा १, तनहुँमा ५, नवलपरासी पूर्वमा ८, पर्वतमा २, लमजुङमा १, बागलुङमा ९ र स्याङजामा १२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ४४, गुल्मीमा ७, दाङमा ४, नवलपरासीमा ३७, पाल्पामा २९, बर्दियामा १०, बाँकेमा ७०, रुपन्देहीमा ५१ र रोल्पामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा ६, सल्यानमा ६ र सुर्खेतमा ५, सुदूरपश्चिम प्रदेशको कैलालीमा २१, डोटी, बाजुरा र बैतडीमा १÷१ कोरोना भेटिएको छ।

कुल संक्रमितमध्ये १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ४४ जना जनाको परीक्षण भएको छ। देशभर हाल ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]