२२ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवर्ष सरकार सञ्चालन गर्न दिने प्रतिबद्धताबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरू विचलित भएपछि आफूले ओलीलाई समर्थन गरेको बताएका छन् ।

देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि आफूहरूले लामो संघर्ष गरेपनि देशलाई अस्थिरतातर्फ लैजान नहुने आफ्नो राय रहेको उनले बताए । पूर्वमाओवादी खेमाका नेता थापाले पदलोलुपताका कारण आफू ओली समूहमा गएको भन्ने आरोप निराधार रहेको बताए । ‘कुनै लोभ र प्रलोभनका कारण नभई राजनीतिक सुझबुझपूर्ण रूपमा हामीले ओलीलाई साथ दिएका हौं,’ थापाले लोकान्तरसँग भने । पूर्वमाओवादीभित्र सांसद, मन्त्री जस्ता कुनैपनि पदीय लाभ नलिने उनी सीमित नेता मध्ये थिए ।थापासँगै पूर्वमाओवादी खेमाका टोपबहादुर रायमाझी र लेखराज भट्ट नेकपाको ओली कित्तामा लागेका छन् ।

नेता थापा आज ओली पक्षले आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुँदैछन् ।लुम्बिनी प्रदेश र प्रदेश १ का नेता कार्यकर्ताको प्रशिक्षणमा सहभागी हुन लागेको थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]