१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ३-० गोलले पराजित गरेको हो । उक्त खेलमा बार्सिलोनाको तर्फबाट लियोनेल मेस्सीले कीर्तिमानी गोल गरे ।

त्यस्तै क्लेमेन्ट लेङ्लेट र मार्टिन ब्रेथवेटले पनि एक एक गोल गरे । खेलको २१औं मिनेटमा बार्सिलोनाका क्लमेन्ट लेङ्लेटले गोल गरी टिमलाई अग्रता दिलाए ।त्यसपछि खेलको ३५औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ६५औं मिनेटमा पेड्रीको पासमा मेस्सीले गोल गरे ।

यस गोलसँगै मेस्सीले क्लबबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले बार्सिलोनाको लागि ६४४ गोल पुरा गरेका छन् ।
यसअघि पेलेले ब्राजिली क्लब सान्तोषबाट ६४३ गोल गरेका थिए । मेस्सीले ६४४ औं गोल गरे लगत्तै नयाँ कीर्तिमान बनाएका हुन् । गए रातिको खेलमा जितसँगै बार्सिलोना २४ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]