१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – बन्दिपुर गाउँपालिकाले बन्दिपुरमा पर्यटन सूचना केन्द्र निर्माण गर्ने भएको छ । बन्दिपुर आउने पर्यटकको संख्यालगायतको सम्पूर्ण जानकारीको तथ्यांक पर्यटन सूचना केन्द्रमा राखिने गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय बन्दिपुर आउने पर्यटकको संख्या बढ्दै गएपछि बन्दिपुरको प्रवेशद्वारमै पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको अध्यक्ष पूर्णसिंह थापाले बताए । ‘प्राकृतिक दृष्टिकोणले पनि रमणीय छ । त्यस्तै, जाडोको समयमा पनि बिहानै घाम लाग्ने र गर्मीमा पनि चिसो हावा चल्ने गर्छ, त्यसकारण पनि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गर्छ । त्यसैले पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गर्ने योजना बनाएका हौँ,’ उनले भने । गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा पर्यटन सूचना केन्द्र निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । अब छिट्टै नै निर्माण काम अघि बढाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेस सुवेदीले बताए । बन्दिपुर गण्डकी प्रदेशको पोखरापछिको धेरै पर्यटक आउने ठाउँ रहेछ ।

सूचना केन्द्रमार्फत पर्यटकले घुम्न जाने ठाउँको विषयमा जानकारी पाउँछन् । ‘हामीले घुम्न जाने ठाउँहरूको जानकारी दिन नक्सा पनि बनाएर राख्छाैँ, जसले गर्दा उनीहरूलाई सहज होस्,’ उनले भने, ‘पर्यटक कहाँबाट आएको हो, कति दिन बस्छन्, कहाँ बस्छन् ? सबैको तथ्यांक राखिन्छ ।’ गत वर्ष आन्तरिक तथा बाह्य गरी डेढ लाखले बन्दिपुर भ्रमण गरेको भए पनि यो वर्ष कोरोनाका कारण भएको बन्दाबन्दीले पर्यटन क्षेत्र प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]