०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

म्यानचेस्टर सिटी इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आर्सनललाई ४–१ गोलअन्तरले पराजित गर्दै सिटी अन्तिम चारमा प्रवेश गरेको हो।

सिटीको जितमा गाब्रियल जेसुस, रियाद महारेज, फिल फोडेन र एमेरिक लापोर्टेले गोल गरे। यता, घरेलु टोलीका एलेसान्द्र लाकाजेटले गोल फर्र्काए। खेलको तेस्रो मिनेटमा नै गोल गर्दै गाब्रियल जेसुसले १–० गोलको अग्रता दिलाए। खेलको ३१ औं मिनेटमा लाकाजेटले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको थियो।

खेलको ५४ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाए। त्यस्तै, ५९ औं मिनेटमा फोडेनले गोल गर्दा ७३ औं मिनेटमा फोडेनकै एसिस्टमा लापोर्टेले गोल गर्दै सिटीलाई ४–१ गोलको जित दिलाए।त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा न्युक्यासललाई १–० गोलले पराजित गर्दै ब्रेन्टफोर्ड पहिलो पटक ठूला प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। ब्रेन्टफोर्ड आफ्नो १३१ वर्षे इतिहासमा पहिलो पटक इएफएल कपको सेमिफाइनलमा पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]