०७ आश्विन २०७७, बुधबार
wait Please...

एस एन यादव

बुधबार, भाद्र २४, २०७७

सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ पकरी स्थित मो. फिरियादको घर नजिक खाडो नदी नियन्त्रणको नाममा २ लाखको ब्यक्तिगत पोखरी निर्माण गरिएको छ ।

महादेवा गाउँपालिकाको आ.व. २०७४/०७५ मा वडा नं. १ पकरीमा गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकममा मो. फिरियादले आफनो घर नजिक नदी नियन्त्रणको नाममा आएको रकमबाट व्यक्तिगत पोखरी निर्माण गरेको स्थानिय नेकपाका स्थानिय नेता जय नारायण यादवले संचारकर्मीलाई बताएको छ ।

खाडो नदी नियन्त्रणको लागि विनियोजन गरेको योजना अनुसार नदी नियन्त्रण नगरी ब्यक्तीगत पोखरी निर्माणको साथै आफनो खेत पुर्नुका साथै खेत सम्याउने काम समेत गरी गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकममा अनियमितता र भ्रष्टाचार भएको स्थानिय देव नारायण यादवले बताए ।

यसैबिच वडा नं. १ का वडा सदस्य हरि नारायण यादवको घर अगाडी रहेको चन्द्र नहरमा होम पाईप जडान गर्न गाउँपालिकाबाट १ लाख ५० हजार बजेट समेतमा कामै नगरी अनियमितता र भ्रष्टाचार गरेको स्थानिय जय नारायण यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ। अहिले यो वेबसाइट को निर्माण कार्य जारि छ अहिले हामि टेस्टिङ्ग फेज मा छौ ।आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक : निखिल राउत (बिबेक)
प्रधान सम्पादक:शिव कुमार यादव
सम्पादक: जय कामत
सह-सम्पादक: अनवर अलि

सल्लाहकार:शुभ नारायण यादव
प्रेरक स्वेच्छिक कार्यकर्ता:-शान्ति देवी यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]