१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – अभिनेता अजय देवगनले डिसेम्बर ११ मा आफ्नो महत्वाकांक्षी निर्देशकीय चलचित्र ‘मेडे’को छायांकन सुरु गर्न तयार भएको बताएका थिए ।

उनले सोही दिन आफ्नो चलचित्र २०२२ को २९ अप्रिलमा रिलिज गर्ने घोषणा पनि गरे । यसको मतलब अजयको चलचित्र २०२२ को इद बिदामा सार्वजनिक हुनेछ ।लामो समययता इदमा अभिनेता सलमान खानका चलचित्रहरु रिलिज हुँदै आएका छन् । यस्तोमा यो स्पष्ट छ कि २०२२ को इदमा यी दुई ‘टाइटन्स’को ठूलो भिडन्त हुने भएको छ ।“मेडेका निर्माताका लागि डबल फाइदा हुनसक्छ । किनभने, इद र अन्तर्राष्ट्रिय श्रम दिवस, गुजरात दिवस र महाराष्ट्र दिवस एउटै हप्ता परेको छ । इद २ मे र अरु १ मेमा,” स्रोतलाई उद्धत गर्दै बलिउड हंगामाले लेखेको छ ।“सलमान खानले इदको बिदा खेर जान दिने छैनन् । उनी यसका लागि टाइगर ३ सकाउन खोजिरहेका छन् । यदि, सबै राम्रै भयो भने किक २ पनि सोही मितिमा रिलिजका लागि तयार हुनेछ । यी दुईमध्ये एउटा चलचित्र २९ अप्रिलमा रिलिज हुने आशा गरिएको छ । यदि, यसो भएमा यी दुई ठूला चलचित्रको भिडन्त हुने पक्का छ,” बलिउड हंगामामा थप लेखिएको छ ।

यद्यपि, ट्रेड एक्सपर्ट भन्छन्, “अजय देवगन र सलमान खान दुवैका चलचित्र ठूलो लागतको हुनेछ । यी दुईको भिडन्त हानिकारक साबित हुनेछ । हामी आशा गरिरहेका छौं कि कुनै एक चलचित्रको मिति हेरफेर भएर इदमा एउटामात्रै चलचित्र रिलिज होस् ।” बलिउड हंगामाबाट ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]