०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २३, २०७७

सप्तरी । उपचार गरेको शुल्क तिर्न नसकेपछि विराटनगर स्थित नोबेल मेडिकल कलेजले सप्तरीका एक दलितको शव रोकेर राखेको छ ।

उपचारका क्रमममा शनिबार मृत्यु भएका महुली गाउँपालिका ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको शव अस्पतालमै रहेकाले आफन्तले अन्तिम संस्कार गर्न बन्चित भएका छन् ।

सार्कीको उपचार र औषधी वापतको ११ लाख रुपैयाँ तिर्नुपर्ने मौज्दार बाँकी रहेको अस्पतालले बताएका छन् । पैसा तिर्न नसकेपछि नोबेल अस्पतालले बुबा सनमनको शव लैजान नदिएको जेठा छोरा नविन अछामीले जानकारी दिएका छन् । आफूहरुसँग त्यत्रो पैसा र्तिनसक्ने अवस्था नरहेको बताए ।

उच्च रक्त्तचापका विरामी सनमनको गत चैत ५ गतेदेखि नोबेलमा उपचार भइरहेको थियो । उनलाई २५ दिन आइसियुमा र ४ दिन भेन्टिलेटरमा राखिएको थियो । उपचार वापतको अस्पताल प्रशासनको ५ लाख र औषधी वापतको दवाई पसलमा ६ लाख रुपैयाँ तिर्न बाँकी रहेको नोबेल अस्पतालले जनाएको छ ।

पैसा तिर्नसक्ने क्षमता आफुहरुको नभएको र शव लैजान अस्पतालले नदिएकोले बुबाको अन्तिम संस्कार गर्न नपाएको छोरा नविनको गुनासो छ । उनी नोबेल अस्पतालमा भौतारिदै आफूसँग उपचारशुल्क तिर्नसक्ने अवस्था नभएकोले शव लैजान दिन नोबेल प्रशासनसँग हारगुहार गरिररहेका छन् ।

अस्पतलाका जनसम्पर्क अधिकृत नारायण दाहालले तिर्नुपर्ने शुल्क धेरै भएकोले प्रशासनले निर्णय गर्नसक्ने अवस्था नभएको बताउनुभयो । यसबारेमा अध्यक्ष सुनिल शर्माले मात्र डिसिजन दिनसक्ने उहाँको भनाइ छ ।

सुकुम्बासी बस्तीमा बस्दै आएका मृतक सनमन र उनको परिवार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने गर्दछन् । जेठा छोरा २७ वर्षीय नविन र अर्का छोरा २४ वर्षीय कुमार दुबै मिस्त्री काम गर्दछन् । श्रीमानको मृत्युपछि ६१ वर्षकी आमा सीता बेहोस अवस्थामा छन् ।

छोरा नविनका अनुसार बुवाकोे मृत्युपछि पैसा तिर्न नसक्दा अस्पताल र फार्मेसीका प्रतिनिधिहरु घरजग्गा धरौटी राख्न सकिन्छ कि भनेर महुली पनि पुगेका थिए । तर, सुकुम्बासी परिवार भएकोले असुल उपर गर्नसक्ने अवस्था नभएपछि उनीहरु चुपचाप फर्किए । त्यसपछि झन् अस्पतालले पैसा तिरे मात्र बाबुको शव लैजान दिने अडान लिएको छ ।

बुबाको उपचारमा ऋण खोजेर यसअघि ३ लाख रुपैयाँ खर्च गरेको बताउँदै नविनले बुबाको अन्तिम संस्कार गर्ने व्यवस्था मिलाईदिन सबैसँग गुहार मागेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]