०८ कार्तिक २०८१, बिहिबार
wait Please...

शुभ नारायण यादव

सोमबार, भाद्र २२, २०७७

सप्तरीको दशगाजामा भारतीय नागरिककाे कुटपिटबाट एक नेपालीको मृत्यु

शुभ नारायण यादव सप्तरी ,२२ भदौ ।

सप्तरीको दशगाजामा भारतीय नागरिकको कुटपिटबाट एक जना नेपालिकाे मृत्यु भएको छ ।

भारतियकाे कुटपिटबाट गम्भिर घाइते सप्तरीको डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर–६ कटैया बस्ने ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डिएसपि तिलक भारतीले जानकारि दिनुभयाे ।

नेपाल–भारत सीमाको दशगाजा क्षेत्रमा नेपालीको धानबाली भैसीलाई खुवाएको विषयमा भएको कुटपिटबाट घाइते उनको सोमबार मृत्यु भएको डिएसपि भारतिले जानकारि दिनुभयाे । घाइते यादवको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको त्यहाँ पोष्टमार्टम गरी शव गृह नगर ल्याउने तयारी भइरहेको डिएसपि भारतीले जानकारी दिनुभयाे ।

दशगाजा क्षेत्र नजिक नेपाली नागरिकले खेतमा लगाएको धानबाली भारत बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौत निवासी भैसी चरवाहरुले धानबाली चरण गराएको थियो । धानबाली भैसीलाई चरिचरण गरेको (खुवाएको) देखेर रामदेव यादव र उनको छोरा ३० वर्षीय ललनकुमार यादवले गाली ग्लोज गर्दा भैसी चरवा भारतीय नागरिकहरुले बाबुछोरालाई निर्धात कुटपिट गरेको इलाका प्रहरी चौकी पातोका प्रहरी सई नविन झाले जानकारी दिनुभयाे । भैसी चरवाहरुले लाठी बाँसको भाटाबाट गरिएको कृटपिटले बाबुछोरा घाइते भएको उनले रामदेवको करङ्ग भाँचिएको, पेट, टाउकोमा गम्भीर चोट लागेर घाइते भएको बताउनुभयाे ।

कुटपिटबाट घाइते यादवलाई तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएकोमा थप उपचारको लागि बिराटनगर रेफर गरिएको छिमेकी अनिलकुमार यादवले बिराटनगरमा कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि धरान लगिएको बताउनुभयाे ।सुनसरिकाे धरान स्थित विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रामदेवको शल्यक्रिया गरिएको उहाले बताउनुभयाे ।
नेपाल प्रहरीले कृटपिटको आरोपमा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौत निवासी १९ वर्षीय प्रदिपकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रनाउ तिलक भारतीले जानकारी दिनुभयाे ।

गत भदौ ६ गते गणेश चतुदर्शीका दिन भएको सो घटनामा भैसी चराउन आएका १९-२५ वर्षका पाँच-छ जना भारतीय नागरिकहरुले नेपाली नागरिक बाबुछोरा उपर कुटपिट गरेको थियो । यता कुटपिट भइरहेको देखेर घटना स्थल पुगेका अन्य नेपालीहरुले कुटपिट गरेको मध्येबाट प्रदीपलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको स्थानीयबासिहरुले बताएका छन।

सो घटनालाई ढाकछोप गर्न स्थानीय केही नेताहरुले प्रहरीसँग गोप्य बैठकहरु गरिरहेको पीडित पक्षले बताइएको छ । पैसा लेनदेन गरेर घटना अगाडी नबढाउन उनीहरुले विभिन्न माध्यमबाट प्रयास गरिरहेको पीडित पक्षका अनिलकुमार यादवले बताउनुभयाे ।

यसअघि पनि सीमावर्ती कटैयावासीले भारतीय बजारबाट मलखाद्य ल्याउँदा भारतीयहरुले गालीग्लोज गरी हातपात गरेर मल खोस्ने गरेको स्रोतले जनाएको छ । यसेबिच सो घटनाकाे क्रममा कयौ पटक दुबै पक्षबीच झै–झैग्डा समेत हुदै आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]