०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २२, २०७७

सप्तरी,छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेर गएको छ ।

कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्न नसकिएका कारण भारतमा पछिल्लो समय संक्रमणको अवस्था भयावह बनेको हो । जसको प्रभाव खुल्ला सीमाना रहेको नेपालमा पनि पर्न सक्ने विज्ञको भनाइ छ । नेपालमा सुरुमा भारतबाटै आएकाबाट संक्रमण फैलिएको आशंका थियो ।

अहिले पनि खुल्ला सीमाको फाइदा उठाउँदै लुकिछिपी भारतबाट भित्रने र नेपालबाट पनि भारततर्फ जाने क्रम जारी छ । कोरोना नियन्त्रणका लागि दुई देशबीचको सीमा नाकामा सरकारी तवरबाटै आवतजावत बन्द गरिएको छ । प्रक्रिया र निश्चित मापदण्ड पूरा गरेर आउजाउ गर्न भने दिइन्छ ।

लुकिछिपी हुने आउजाउले खुल्ला सीमा नेपालका लागि चुनौती बनेको हो । पछिल्लो समय नेपालमा पनि तीव्र रुपमा फैलिइरहेको कोरोनाको कारक भारतसँगकै खुल्ला सीमाना रहेको बताइएको छ ।

अहिले भारत कोरोनाबाट प्रभावित हुने मुलुकमध्ये विश्वकै दोस्रो नम्बरमा छ । यसअघि आइतबार बिहानसम्म तेस्रो नम्बरमा रहेको भारत दोस्रो नम्बरमा रहेको ब्राजिललाई उछिन्दै अगाडि पुगेको हो । अहिले भारतमा संक्रमित संख्या ब्राजिलभन्दा झन्डै एक लाख बढी छ ।

अरु मुलुकमा संक्रमण दर कम हुँदै जाँदा भारतमा भने दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ । यही अवस्था रहने हो भने भारत केही समयमै विश्वमा सबैभन्दा बढी प्रभावित हुने मुलुकभित्र पर्न सक्ने अवस्था छ ।

भारतमा केही दिनयता दैनिक ७५ हजार बढी संक्रमित भेटिने गरेका छन् । विश्वमा सबैभन्दा बढी संक्रमित भेटिने गरेका अमेरिका र ब्राजिलमा केही दिनयता दैनिक ४० हजारभन्दा बढी संक्रमित फेला परेका छैनन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९१ हजार सात सय २३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित संख्या ४२ लाख दुई हजार पाँच सय ६२ पुगेको छ । कोरोनाका कारण ७१ हजार छ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार आठ जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये ३४ लाख ४७ हजार दुई सय ९७ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख ८३ हजार पाँच सय ७८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा ६४ लाख ५८ हजार नौ सय छ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९ हजार सात सय ६६ जनामा मात्रै संक्रमण देखियो । सुरुवाती चरणमा अमेरिकामा पनि दैनिक ६० हजारभन्दा बढी संक्रमित भेटिने गरेका थिए । अहिले क्रमस त्यो संख्या दिनप्रतिदिन घट्दै गइरहेको छ ।

कोरोना संक्रमित एक लाख ९३ हजार दुई सय १४ जनाले अमेरिकामा ज्यान गुमाए । पछिल्लो २४ घण्टामा तीन सय ९६ जनाको मृत्यु भयो । ३७ लाख २४ हजार पाँच सय ६१ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ४१ हजार एक सय ३१ जना उपचाररत रहेकोमा १४ हजार छ सय ८७ जनाको अवस्था गम्भीर छ ।

संक्रमण दर कम हुँदै गएर विश्वमा प्रभावित हुने मुलुकमध्ये तेस्रो नम्बरमा पुगेको ब्राजिलमा हालसम्म ४१ लाख ३७ हजार छ सय छ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार छ सय छ जना मात्रै संक्रमित थपिए । यसअघि ब्राजिल विश्वमा कोरोना प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा थियो ।

ब्राजिलमा कोरोनाका कारण एक लाख २६ हजार छ सय ८६ जनाले ज्यान गुमाएका छन् । एक दिनमा चार सय ५६ जनाको मृत्यु भयो । ३३ लाख १७ हजार दुई सय २७ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ९३ हजार छ सय ९३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा हालसम्म दुई करोड ७२ लाख ७५ हजार एक सय ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार नौ सय ८१ जना संक्रमित थपिए । हालसम्म आठ लाख ८७ हजार ९४ जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन तीन हजार नौ सय १८ जनाले ज्यान गुमाए ।

एक करोड ९३ लाख ५६ हजार सात सय ६५ जना उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् । ७० लाख ३१ हजार दुई सय ९२ जना उपचाररत रहेकोमा ६० हजार १६ जनाको अवस्था चिन्ताजनक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]