०७ आश्विन २०७७, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २१, २०७७

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६३३ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७० हजार नाघेको छ । अहिलेसम्म भारतमा कारोना भाइरसको कारण ७० हजार ६२६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ६५ जनाको मृत्यु भएको हो ।

भारतमा निरन्तर कोरोना भाइरसका संक्रमित संख्या बढ्दो क्रममा रहेको छ । अहिले भारत विश्वमा सबैभन्दा धेरै नयाँ संक्रमित र मृतक भेटिने मुलुक बन्न पुगेको छ । पछिल्लो केही दिनयता भारतले निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा नयाँ रेकर्ड बनाउँदै आएको छ । यद्यपि भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने तुलनात्मकरुपमा कम छ । भारतले पनि यसैलाई आफ्नो सफलता बताउँदै आएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले विश्वभरमा भारत संक्रमित संख्याको आधारमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिल छ । तर, भारत ब्राजिलभन्दा धेरै पछि छैन ।

अहिले भारतमा कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म आठ लाख ६० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । यो राज्यमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ हजार २७६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै संक्रमित संख्याको आधारमा दोस्रो सबैभन्दा बढी प्रभावित आन्ध्र प्रदेशमा अहिलेसम्म चार लाख ८७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् भने चार हजार ३४७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा पनि चार लाख ५५ हजारभन्दा धेरै संक्रमित फेला पर्दा सात हजार ७४८ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ३१ लाख ८० हजारभन्दा धेरै संक्रमित निको भएर फर्किसकेका छन् भने आठ लाख ६२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ। अहिले यो वेबसाइट को निर्माण कार्य जारि छ अहिले हामि टेस्टिङ्ग फेज मा छौ ।आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक : निखिल राउत (बिबेक)
प्रधान सम्पादक:शिव कुमार यादव
सम्पादक: जय कामत
सह-सम्पादक: अनवर अलि

सल्लाहकार:शुभ नारायण यादव
प्रेरक स्वेच्छिक कार्यकर्ता:-शान्ति देवी यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]