१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन ०९, २०७७

२०७७ श्रावण ९ शुक्रबार १७:११:१३ प्रकाशित

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय ३३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुकटा र सुनसरीका १/१, कोशी अस्पताल विराटनगरमा झापाका ६ र मोरङका १, सप्तरीका ७ र सुनसरीका १ जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १९ र सुनसरीका ३, मोरङका १, नारायणी अस्पताल वीरगञ्जमा बारा/सलार्हीका १/१ र पर्साका ३० जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धनुषाका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ५, पर्साका १ र सलार्हीका १ जनामा कोरोना पृष्टि भएको छ।

भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका १, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चितवनका १, काठमाडौंका ५, र उद्यपुरका १ जनामा कोरोना पाइएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा कास्की ४, लम्जुङका ३, बाग्लुङका १ र तनहुका १ जनामा कोरोना भेटिएको छ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा बाँके/बर्दियाका २/२, र दाङका ४, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासि पुर्वका ४ ,रुपन्देहीका ४ जनामा कोरोना पृष्टि भएको छ।

सुर्खेत प्रादेशिक अस्पतालमा जाजरकोटका १ कालीकोटका २ जनामा कोरोना पुष्टि भएको छ।

दैलेख रियल टाइम प्रयोगशाल दैलेखका ८, सेती प्रादेशिक अस्पतालमा कैलालीका ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ। मुलुकभर हाल ५ हजार ३ सय ८३ जना अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]