१० बैशाख २०८१, सोमबार
wait Please...
मारिएकाे बालकलाई परालले छोपिएको अवस्थामा शव फेला

स्थानीयबासिहरु द्वारा अान्दोलन

एस एन यादव

शुक्रबार, पौष ०३, २०७७

सप्तरीमा मारिएकाे बालककाे शव परालमा छाेपिएकाे अवस्थामा फेला परेकाे छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–३ मा हराएका बालक मृत अवस्थामा फेला परेको छ ।

जिल्लाकाे तिलाठि काेइलाडि गाउपालिका वडा न.३ सकरपुराका रोहित मुखियाका ५ वर्षीय छोरा आनन्द मुखियाको शव परालले छोपिएको अवस्थामा अाज फेला परेको हो । घरबाट खेल्न निस्केका साे बालक घर नर्फिएपछि राति सम्ममा नअाउदा प्रहरीमा खबर गरेकाे पिडितका परिवारहरुले बताएका छन ।खोजी गर्ने क्रममा अाज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयाे।

डिएसपी साहका अनुसार ट्याक्टरबाट ठक्कर लागेर बालकको मृत्यु भएपछि चालकले शव परालको थुप्रोमा लुकाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही गाउँका स.१ त ७७५२ नम्बर ट्याक्टर पनि नियन्त्रणमा लिइसकेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी साहले जानकारि दिनुभयो । यसेबिच साे घटनाको विषयलाई लिएर सकरपुराका हजाराे स्थानियबासिहरुले दिनभरि अान्दोलन गरेकाे वडा सदस्य दामाेदर मुखियाले जानकारि दिनुभयाे ।

साे घटनाकाे वास्तविक छानविन गरि दाेषि माथि अावश्यक कानुनि कार्वाही गर्नुपर्ने तथा साे घटनाकाे दाेषिमाथि अावश्यक अनुसन्धान हुनुपर्ने लगायतका मागहरु गर्दै अान्दाेलित बनेका थिए। यता मृतक बालककाे शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको तथा घटनाकाे थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]