२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र २०, २०७७

कोरोना महामारीका कारण भारतको रोकीएको पेट्रोलियम ढुवानी सुचारु, मेचीनाकाबाट फर्कन थाले खाली गाडी

कोरोना महामारीका कारण भारतको पश्चिमबंगालको पानीटंकी नाकाबाट रोकीएको पेट्रोलियम ढुवानी सुचारु भएको छ । पाँच महिनायता बन्द भएको नाकाबाट एकसातायता पेट्रोलियम पदार्थ ढुवानी सुरु भएको हो ।

नेपाली ट्यांकरले पश्चिमबंगालको सिलिगुडी डिपोबाट डिजल, पेट्रोल लगायतका इन्धन नेपाल ल्याउन थालेको मेची भन्सारका सूूचना अधिकृत भरतराज अधिकारीकाले जानकारी दिए ।
कोरोना संक्रमणको त्रास देखाउँदै पश्चिमबंगाल सरकारले अनिश्चितकालिन पानीटंकी नाका सिल गरेको थियो । सिल भएको एक महिना पछि मात्र आंशिक खुला भएको थियो ।

भारतबाट समाग्री बोकेका आएका र भारतीय मालबाहक गाडीलाई काकडभिट्टा नाकाबाट प्रवेश दिएपनि फर्कन अन्य नाकाको प्रयोग गर्नुपर्ने बाध्यता पनि हटेको छ ।
५ महिना पछि मेचीनाकाबाटै खाली गाडी पनि भारतीय भन्सारले फर्कन दिएको छ । बिहान ८ बजेदेखी बेलुका ५ बजेको समय सीमा तोकेर खाली गाडी फर्कन दिएको हो ।

पश्चिमबंगाल सरकारले पटक पटक गरेर नाका पूर्ण सुचारु गरेपनि सिलिगुडीबाट इन्धन आयात भने हुन सकेको थिएन । मेची भन्सारको राजश्वको स्रोत मध्येको इन्धन मुख्य स्रोत हो । यस बाहेक मेची नाकाबाट कोइला, क्लिंकर, जिप्सम लगायतका बस्तुआयात हुदै आएको छ ।
लकडाउनका कारण ७८ दिन पछि नेपाली बस्तुले बिना अवरोध भारत निकासी पाएको भन्सारले जनाएको छ । ाका सिल हुँदा मेची भन्सारको राजश्वको लक्ष्य दैनिक ४ करोड राजश्व संकलन प्रभावित भएको थियो ।
नाका खुलेपछि दैनिक दुुईकरोड हाराहारीमा राजश्व संकलन हुन थालेको छ । जसमा पेट्रोलियम पदार्थको आधा योगदान छ ।

मेची नाकाबाट जेठमा महिनामा ९५ करोड ९१ लाखको पथ्थर कोइला भित्रिएको थियो । सोही अवधीमा ३२ करोड ३९ लाखको सुपारी, १४ करोड ७१ लाखको सिमेन्ट क्लिंकर, १४ करोड ४४ लाखको छोकडा र १० करोडको जिप्सम बोर्ड आयात भएको थियो ।
मेची भन्सारको आवको २०७६÷२०७७ राजस्व असुली लक्ष्य १३ अर्ब २४ करोड रुपैया“ हो । जसमा मासिक १ अर्ब १० करोड उठ्नु पर्छ । तर लकडाउनको कारण वैशाखमा १ अर्ब, चैतमा ५३ करोड र जेठमा करिब ७० करोड राजस्व कम संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]