सप्तरी – बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफा वर्ष अवार्ड प्रदान गरिएको छ । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् ।
लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए ।लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो ।विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ ।पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९र२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । बायर्नलाई तीन मुख्य उपाधि दिलाउन उनको निर्णायक योगदान थियो । उनी च्याम्पियन्स लिग र लिग कपका सर्वाधिक गोलकर्ता पनि बनेका थिए ।फिफाले हरेक वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने गर्छ । यसवर्ष म्यानचेस्टर सिटीकी डिफेन्डर लुसी ब्रोन्ज महिलातर्फ उत्कृष्ट बनिन् । महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्जले द बेस्ट अवार्ड जितिन् । महिलातर्फ प्रशिक्षकमा नेदरल्यान्डकी सारिना विग्मन द बेस्टको उपाधि जित्न सफल रहिन् ।पुरुषतर्फ प्रशिक्षकको द बेस्ट उपाधि लिभरपुलका योर्गेन क्लोपले जिते । इटालीका माटिया अग्नेसेले फिफा फेयर प्ले अवार्ड जिते । फिफा फ्यान अवार्ड ब्राजिलका फ्रान्सिस्को मारिभाल्डोले जिते ।
महिलातर्फ द बेस्ट गोलरक्षकको उपाधि फ्रान्सकी सारा बौहाद्दीले जितेकी छिन् । पुरुषको द बेस्ट गोलरक्षक जर्मन कप्तान म्यानुएल नोएर चुनिए । फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोटेनहमका सन ह्युङ मिनले जितेका छन् ।