२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – नेकपाका ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न माग गरेपछि टुंगिएको अध्यक्षद्वयको बैठक फेरि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

प्रचण्डले ओलीलाई दुवै पदबाट राजीनामा गरेपछि मात्रै विवाद टुंगिने र एकता कायम हुने सल्लाह दिएपछि ओलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए।यस्ता माग र अन्य लान्छना सुन्न स्थायी कमिटि बैठकमा नआउने अडान पनि ओलीले लिएका थिए। तर असन्तुष्टहरुले विशेष अधिवेशनको तयारी गरेपछि पद धरापमा पर्न गएको र फेरि असन्तुष्ट पक्षसँग वार्ता गर्न दबाब बढेपछि वार्ता सुरु भएको हो।स्थायी कमिटिको बैठक एजेण्डामा विवाद भएपछि त्यसलाई मिलाउन पनि वार्ता भइरहेको स्रोतले बताएको छ । सो वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी छन्।यसैबीच ६८ असन्तुष्ट सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन बोलाउन मागसहितको पत्र लिएर राष्ट्रपति भवनमा पुगेकी सांसद पम्फा भुषाल दुई घण्टादेखि प्रतिक्षारत छन्।

‘राष्ट्रपति ज्यू निवासमा हुनुहुन्छ’ भन्दै उनलाई कुनै पनि सचिवालय सदस्यले भेट्न र पत्र बुझ्न पनि अस्वीकार गरेको असन्तुष्ट पक्षले बतायो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]