०८ कार्तिक २०८१, बिहिबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, भाद्र १९, २०७७

सप्तरीको राजविराजस्थित सप्तरी कारागारमा सुरक्षार्थ खटिएका दुई प्रहरी र छ जना कैदी बन्दीसहित आज आठ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अन्चल अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको सो कारागारमा संक्रमण फैलिएको खबरसँगै खैलाबैला मचेको छ ।

कारागारका निमित्त जेलर संजयकुमार रामका अनुसार केही दिन यता ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएकाहरुको पिसिआर परिक्षण गराउँदा छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
एक सय २५ जना क्षमता रहेका कारागारमा हाल १५ महिलासहित तीन सय ३३ जना कैदी बन्दी राखिएको छ । जसकारण कोरोनाको जोखिम अझै बढेको छ भने कैदी बन्दीमा त्रास फैलिएको छ ।
जेलर रामले सङ्क्रमण पुष्टि भएका सबै पुरुष कैदी बन्दी रहेको र उनीहरूलाई छुटै कोठामा राखेर उपचार गर्ने तयारी भइरहेको बताउनुभयाे ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवका अनुसार सङ्क्रमित कैदी बन्दीको छुटै व्यवस्थापनका साथै कारागार भित्र रहेका अन्य कैदी बन्दीको पनि स्वाब सङ्कलन गरिएको जनाएको छ । यता विगत लामाे समय देखिकाे निषेधाज्ञा र बन्दा बन्दिका कारणले खासगरि देनिक ,मेहनत मजदुरि गनेृहरुलाइ अब कमाइ नहुदा भाेक भाेके बस्नुपनेृ अवस्था अाएकाे जनगुनासाे गरेका छन । यस्तै सप्तरी जिल्लामा हालसम्ममा ८ जनाकाे मृत्यु समेत भइसकेकाे गजेन्द्रनारायण सिह अन्चल अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जित कुमार झाले जानकारि दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]