१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १९, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हालसम्म कै उच्च संक्रमण संख्या हो।

४ सय ६४ महिला र ८ सय ९५ संक्रमित भेटिएका हुन्। प्रदेश १ को उदयपुरमा ओखलढुंगा र खोटाङमा २÷२, झापामा २८, मोरङमा ७६ र सुनसरीमा ३९ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश २ को धनुषामा ४३, पर्सामा २७, बारामा २१, महोत्तरीमा ४६, रौतहटमा २,, सप्तरीमा २६, सर्लाहीमा ८० र सिरहा १ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

बागमती प्रदेशको काठमाडौंका ३ सय ८६, काभ्रेपलाञ्चोक ७ , चितवनका ८२, दोलखाका २ धादिङका १९, नुवाकोटका ५, भक्तपुरका ३६, मकवानपुरका १८, रसुवा १, रामेछापका १३, ललितपुरका ५८, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा २०, गोरखामा २६, तनहुँमा १२, नवलपरासी पूर्वमा २८, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा १ र स्याङजामा ३ जना कोरोना भेटिएको छ।

यस्तै, प्रदेश ५ को कपिलवस्तुमा ७, गुल्मीमा २, दाङमा ७, पाल्पामा ६, बर्दियामा १४, बाँकेमा ४८, रुकुम पूर्वमा १ र रुपन्देहीमा ४४ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।

कोराना पुष्टि हुनेमा कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २१ दैलेखमा ९, सल्यानमा १ र रुकुम पश्चिममा १, सुदूरपश्चिम प्रदेशको अछामका १, कञ्चनपुरका ५, कैलालीका ५२, डोटीका ४, दार्चुलाका ३, बझाङका ४ र बैतडीका ३ जना छन्।

कुल संक्रमितमध्ये १८ हजार ४ सय ९ जना संक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घन्टामा १३ हजार ६ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ४५ हजार ४ सय ९० पुगेको छ। नेपालमा हाल ६ हजार ५ सय ६१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]