१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – ला लिगामा शुरुआती चरणमा पछि परेको रियल मड्रिड लयमा फर्किन थालेको छ। गए राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३-१ गोलले पराजित गरेको छ।

जितसँगै रियलले शीर्षस्थानका रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। तीन वटै क्लबको २६ अंक भएको छ। यद्यपि सोसिडाड र रियलले १३ खेल खेलेका छन् भने एथ्लेटिकोले ११ खेल मात्र खेलेको छ।

गए रातिको खेलमा १३औँ मिनेटमा नै बिल्बाओका राउल गार्सियाले रातो कार्ड पाएपछि त्यसको फाइदा रियलले उठाएको हो। तर, रियललाई अग्रता लिन पहिलो हाफको इन्जुरीसम्म कुर्नु परेको थियो। टोनी क्रुसले रियलका लागि पहिलो गोल गरेका थिए।

५२औँ मिनेटमा एन्डर कापाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काएका थिए। त्यसपछि करिम बेन्जमाले ७४औँ र दोस्रो हाफको इन्जुरी सयममा गोल गर्दै क्लबलाई तीन अंक पक्का गराए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]