१० आषाढ २०८१, आइतबार
wait Please...

एस एन यादव

मंगलबार, मंसिर ३०, २०७७

सप्तरीमा एक बालिकालाई बलात्कारको अाराेपितलाइ ८ बर्ष कैद सजाय सुनाएको छ । बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा न. –५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले आठ वर्ष कैद सजाय सुनाएको हाे ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजाय तोकेको हो । उनी विसं २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका थिए ।बलात्कारका आरोपितलाई आठ वर्ष कैद सजायका साथै रु १० हजार जरिवानाको फैसलासमेत सुनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारि दिनुभयो ।डिएसपि साहका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका आरोपितले १३ बर्षिया बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७४ फागुन २० गते उजुरी दिइएकाे थियो ।

यता पटक–पटक आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले ढिलो गरी बताएकाले प्रहरीमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भएको पीडितकी आमाले बताउनुभयो । प्रहरीले आरोपितलाई २०७४ फागुन २२ गते पक्राउ गरेकामा अदालतको आदेशमा २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा राखिएकाे छ । पछिल्लोपटक सप्तरी सहित प्रदेश न.२ का विभिन्न जिल्लामा ललाइ फकाइ अाफन्तबाटै बलात्कारको घटनामा बृधि भएको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]