१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १९, २०७७

शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ ।

बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।

बिहीबारको असामान्य परिपस्थितिलाई मध्यनजर गर्दै शुक्रबार ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरे सीमित व्यक्ति उपस्थित भएर शुक्रबार क्षमापूजा गर्ने र संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए ।

उनका अनुसार २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पुर्‍याउने सहमति भएको छ ।

भोटो देखाउने जात्रा नहुने

मत्स्येन्द्रनाथको रथलाई जाउलाखेल पुर्‍याएको चौथो दिन जाउलाखेलमा भोटो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा गर्ने परम्परा छ । तर यो वर्ष छोटो प्रक्रियाबाट रथलाई बुङ्गमती पुर्‍याउने भनिएसँगै बीचका सबै प्रक्रियाहरू स्थगित भएको थपलियाले अनलाइनखबरलाई जानकारी दिए ।

‘भोटो नदेखाउने भन्ने कुनै निर्णय भएको होइन । तर रथयात्राको बीचका प्रक्रिया नगरी सिधै बुङ्मती लैजाने भनिएपछि भोटो देखाउने जात्रा पनि स्वतः स्थगित भइहाल्यो’ उनले अनलाइनखबरसँग भने ।

परम्पराअनुसार पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, दोस्रो दिन गाःबहालबाट मंगलबजार पुर्‍याएर दरबार पूजा, तेस्रो दिन मंगलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबली दिने गरिन्छ । त्यसपछि फेरि अर्काे दिन शुभ मुहूर्त हेरेर रथलाई जाउलाखेल पुर्‍याउने गरिन्छ ।

जाउलाखेलमा पु¥याएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेपनि यो वर्ष बीचका सबै कार्यक्रमहरू स्थगित गरिएको थपलियाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]