०२ आषाढ २०८१, शनिबार
wait Please...

एस एन यादव

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – सप्तरीमा माछा मार्ने बिषयमा दुई पक्ष बिच भएको झडपमा एक महिलाकाे मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन ।

सप्तरीको बोदे बरसाईन नगरपालिका वडा न.–३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।छपकी पोखरीमा माछा मार्ने विषयमा गएराति भएको झडपमा स्थानीय ४० वर्षीया गंगीया देवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ । यता झडपमा टाउकोमा बन्चरो लागेर मण्डल घटनास्थलमै ढलेर मृत्युु भएको स्थानीयबासिहरुले बताएका छन ।
यसैगरी साेहि झडपमा सोही पक्षका १८ वर्षीय धिरज मण्डल, ४५ वर्षीय जयनारायण मण्डल र ४० वर्षीय सुरेन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल घाइते भएका छन् ।

गम्भीर चोट लागेका तीनैलाई उपचारको लागि विराटनगरस्थित न्यूरो शिक्षण अस्पताल पठाइएको छ भने जोगिन्द्रको बोदे बरसाईनस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता झडपमा संलग्न अर्को पक्षका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही ठाउँका ४५ वर्षीय विजय मण्डल, २५ वर्षीय सुरेन्द्र मण्डल, २० वर्षीय रवित मण्डल र ५० वर्षीय छोटु मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यता साे घटनाबारे अावश्यक थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]