०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १८, २०७७

बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत लिएर गएको टोली सवार हेलिकोप्टर पोखरामा रोकिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको टोली नेपाली सेनाको हेलिकप्टरमा बिहीबार बिहान काठमाडौंबाट बागलुङतर्फ गएको थियो ।

तर, खराब मौसमका कारण स्याङ्जासम्म पुगेर गृहमन्त्री थापासहितको टोली पोखरा फर्किर्एको हो । मौसम खुलेपछि पुनः बागलुङ जाने तयारी गरिएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले अनलाइनखबरलाई बताए ।

गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]