२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – संवैधानिक परिषद्को बैठक मङ्सिर ३० गते मंगलवार बस्ने भएको छ ।

गणपुरक संख्या नपुगेपछि आजका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो ।प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा आफू बैठकमा उपस्थित नहुने बताएसँगै बैठक स्थगित गरेको थियो ।सभापति देउवाले कांग्रेस नेता रमेश लेखकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका थिए ।बैठकमा ५ जना अनिवार्य उपस्थित हुनुपर्नेमा कोरम नपुगेसँगै बैठक स्थगित गर्नुपरेको थियो ।सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसँग कुरा नमिल्दा धेरै संवैधानिक आयोगहरुले पूर्णता पाउन नसकेको हो ।हाल राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खाली छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित दुई आयुक्त रिक्त छन्। निर्वाचन आयोगमा पनि दुई आयुक्त पूर्ति हुन सकेको छैन।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चार आयुक्त खाली छ। राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त रिक्त छ। राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन रहेका छन् ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने अधिकार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्लाई हुन्छ । यसमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]