०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – वनमा त्यसै खेर जाने सालको पातबाट धनगढीका महिलाहरुले दुनाटपरी बनाएर मनग्य आम्दानी गरीरहेका छन्। सालको पातबाट बन्ने दुनाटपरी विवाह, व्रतबन्ध र पूजापाठमा अत्यावश्यक मानिन्छ।

यस पटकको मंसिरमा विवाह बढेपछि बजारमा दुनाटपरीको राम्ररी बिक्री भएको महिलाहरु बताउँछन्। धनगढी उपमहानगरपालिका–१४ फूलबारीकी सरिता बुढा मगर र भावना पुलामी मगरले सञ्चालन गरेको दुनाटपरी उद्योगबाट गाउँका गाउँका करिब ४५ परिवारका महिलाहरुले रोजगारी पाएका छन्।

उद्योगका लागि चाहिने कच्चा पदार्थ सालको पात गाउँका महिलाहरुले जंगलबाट टिपेर ल्याउने र उद्योगमा एउटा पातको १ देखि ३ रुपैयाँसम्म बिक्री गर्ने गरेका छन्। कच्चा पदार्थ बिक्रीबाट प्रतिव्यक्ति दैनिक ३०० देखि ५०० रुपैयाँसम्म आम्दानी लिने गरेका छन्।

दुनाटपरी बनाउन आवश्यक पर्ने कच्चापदार्थ स्थानीयबाटै खरिद गर्ने गरेको सञ्चालक सदस्य भावना पुलामी मगरले बताइन्। फुर्सदको समयमा, गोठालो जाँदा अर्थात् घरमा बस्ने बुढापाकाहरुले पनि काम गरेर राम्रो आम्दानी लिइरहेको उनले बताइन्।

समान्य लगानीमा दुनाटपरी बनाउने मेसिन खरिद गरी व्यवसाय सुरु गरेका उनीहरुले अहिले मनग्य आम्दानी गरिरहेका छन्। घर व्यवहार चलाउन मात्रै नभएर दिन प्रतिदिन आम्दानी बढ्दै गएको उद्योग सञ्चालकहरुको भनाइ छ। उद्योगमा प्रत्यक्ष रुपमा ६ जनाले पूर्णकालीन रोजगारी पाएको र आंशिक रुपमा ३० देखि ३५ जनालाई रोजगारी पाइरहेको उद्योग सञ्चालिका सरिता बुढामगरले बताइन्।

सञ्चालिका बुढा मगरले सानै छँदा माइती घर नवलपरासीदेखि सिकेको सीप सदुपयोग गरेको बताइन्। माइतीघर नवलपरासीको देउरालीको उद्योगमा ३५ वटा मेसिन राखेर दुनाटपरी बनाइरहेको उनी बताउँछिन्। दुनाटपरीले राम्रो बजार पाउँदा व्यापार पनि निकै फस्टाएको उनको भनाइ छ। आफूहरुले घरखर्च चलाउने कमाएको र श्रीमानको रोजगारीबाट आएको रकम बचत हुने गरेको उनीहरुले बताए।

पर्यावरणीय दृष्टिकोणले फाइदाजनक मानिने दुनाटपरी माग बढ्दै गएको भए पनि यसको प्रवर्द्धनका लागि सरकार तथा सम्बन्धित निकायले कुनै चाँसो नदिएको उनीहरु बताउँछन्। गाउँघर तथा शहरमा विवाह, भोजभतेर तथा व्रतबन्धमा प्रयोग हुने दुनाटपरी कैलाली जिल्लाभरका स्थानीयहरुले प्रयोग गर्न थालेको बुढामगरले बताइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]