०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १७, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार १ सय २० भेटिएसँगै संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको हो।

३ सय २० महिला र ८ सय पुरुष गरी १ हजार १ सय २० संक्रमित भेटिएका हुन्। प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा ११, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा ५३ र सुनसरीमा ७२ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश २ को धनुषामा ६३, पर्सामा ४९, बारामा २३, महोत्तरीमा ३१, रौतहटमा १८, सप्तरीमा १२, सर्लाहीमा ५० र सिरहामा १५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ४३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ९, मकवानपुरमा ३३, रामेछापमा २, ललितपुरमा २९, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीका २४, गोरखाका १, तनँहुका ४, नवलपरासी पूर्वका १६, पर्वतका १, लमजुङका १९ र स्याङजाका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, प्रदेश ५ को अर्घाखाँचीमा १, दाङमा ६, नवलपरासीमा ३, पाल्पामा १, प्युठानमा २, बर्दियामा ५, बाँकेमा ४१, रुपन्देहीमा २७ र रोल्पामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशको कालीकोटमा २१, जुम्लामा ३७ र दैलेखमा १, सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा १३, डडेल्धुरामा १, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना भेटिएको छ।

कुल संक्रमितमध्ये १८ हजार १ सय ८ जना सक्रिय संक्रमित छन्। हाल ६ हजार ७ सय ६७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]