२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – रसुवामा कानमा लगाएको सुन लुट्न ६ वर्षीया बालिकाको अपरहणपछि हत्या भयो । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङलाई विद्यालयबाटै अहपरण गरिएको थियो ।

अहपरणपछि उनको हत्या भएको हो । स्थानीय ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार हराएकी थिइन् । साँझसम्म सुमिना घर नआएपछि आफन्तले २२ गते प्रहरीमा गरे । प्रहरी खोजीमा सक्रिय भयो । जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी इन्द्र सुवेदी भन्छन्,“सुरुमा कुनै सुराक पाएनौं । केही समयपछि सुमिना अध्ययनरत विद्यालय आसपासमा एक युवती देखिएको खबर हामीले पायौँ । अनुसन्धान गर्दै जाँदा तिनै युवतीले बालिकाको सुनको मुद्रा लुट्नका लागि हत्या गरेको खुल्यो ।”

प्रहरीका अनुसार सुमिनाको शव कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओडारमा घाँसले छोपिएको अवस्थामा फेला पर्‍यो । तर हत्यामा संलग्न थिइन् एक १९ वर्षीया युवती ।हत्यामा संग्लन आरोपमा नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गर्‍यो । उनको सुन लुट्नैका लागि सुमिना तामाङलाई फकाएर लगेको र सुन निकालेपछि सुमिनाले घरमा भनिदिन्छु भनेपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । उनले डोरीले घाँटी कसेर हत्या गरेको बताएकी छन् । उनले चाउचाउ दिएर बालिकालाई आफूसँग लगेकी थिइन् ।

को हुन् सपना ?

उमेरले १९ मात्रै पुगेकी सपना कसैको हत्यासम्म गर्ने तहसम्म पुग्ने अनुमान कसैले गरेका थिएनन् । तर उनले कसैले नचिताएको हत्या गरिन् त्यो पनि ६ देखि १० हजारको सुन लुट्नका लागि । कम बोल्ने स्वभावकी सपना नुवाकोटको किस्पाङ गाउँपालिकाकी हुन् । उनले ८ कक्षासम्म मात्रै पढेकी छन् । सामान्य गरिब परिवारमा जन्मिएकी उनमा सानैदेखि पैसाको रहर पलायो । त्यही पैसाको रहरले उनलाई हत्यारासम्म बनाएको छ ।

उनी यसअघि पनि ०७५ सालमा पक्राउ परेकी थिइन । त्यतिबेला उनीमाथि चोरी कसुरमा मुद्दा दायर भएको थियो । ०७५ फागुन ५ गतेबाट उनले एक वर्ष चोरी मुद्दामै बाल सुधार गृहमा सजाय काटिन् ।त्यतिबेला उनको उमेर १७ वर्ष थियो । नाबालिग भएकाले उनलाई कारागार चलान गरिएन् । सुधार गृहमा राखियो । एकवर्षपछि उनी छुटिन् । उनले प्रहरीसमक्ष भनेकी छन्,“एक वर्षपछि छुटेर म घर गएँ । तर आमाले माया गर्नुभएन । तँ घर नआइजो भन्नुभयो । त्यसपछि म फेरि पुरानै पेशामा फर्किएँ । जता मनलाग्यो त्यतै बस्न थालेँ । त्यसरी नै जिन्दगी चल्दै गयो ।”

आफूलाई पैसाकै लोभले अपराध कर्ममा लगाएको उनको प्रतिक्रिया छ । सामान्य चोरी गर्दागर्दै उनले रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको ज्यान नै लिइन्, त्यो पनि ६ हजारको सुनको लोभमा । उनीविरुद्ध प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]