३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – अर्जेन्टिनाका सिनेटरले स्वर्गीय फुटबल लेजेन्ड डिएगो म्याराडोनाको तस्बिर नयाँ बैंक नोटमा राख्न प्रस्ताव गरेका छन् । १९८६ को विश्वकपमा अर्जेन्टिनालाई जित दिलाएका विश्वचर्चित फुटबल खेलाडी म्याराडोनाको दुई हप्ता अगाडि ६० वर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको थियो ।

यसबीच सिनेटर नोर्मा डुरांगोले सोमबार सबैभन्दा प्रचलित १,००० पेसोको नयाँ नोटमा म्याराडोनाको तस्बिर राख्न प्रस्ताव गरेकी हुन् । त्यसको एकपट्टी म्याराडोना र अर्कोपट्टी उनको सबैभन्दा चर्चित गोल को तस्बिर राखिने उनले बताएकी छन् । १९८६ मा म्याराडोनाले मेक्सिकोस्थित इङ्ल्यान्ड विरुद्ध गरेको दोस्रो गोलको क्षणलाई सो नोटमा समावेश गर्न उनले प्रस्ताव गरेकी हुन् ।

नोर्माले भनेकी छन्, “यो हाम्रा सबैभन्दा महत्वपूर्ण व्यक्तित्वलाई चिनाउनका लागि मात्र नभएर यसले आर्थिक प्रभाव पनि पार्नेछ । पर्यटकहरु यहाँ आउँदा आफूसँगै म्याराडोनाको चिनो पनि लैजान चाहनेछन् । ” बीबीसी ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]