३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २७, २०७७

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा च्याम्पियन क्लवद्वारा संचालित प्रथम गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ ले हात पार्न सफल भएका छन ।

शुक्रबार सम्पन्न फाईनल खेलमा वडा नम्बर २का क्रिकेट टिमलाई पराजित गर्दै १ ले उपाधी खोस्न सफल भएको हो । ट्स जितेर ब्याटिङ रोजेको वडा नम्बर २ ले १८.४ ओभर खेल्दै सम्पूर्ण बिकेट गुमाउँदै ८० रन लिन सफल भएका थिए । ८१ रनको लक्षय सहित प्रतिउत्तरमा उत्रिएका वडा नम्बर १ ले ११.२ ओभर खेल्दै १ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरे । खेलमा ३ छक्का र ५ चौका लिंदै अनिल यादवले अभिजित ५२ रनको योगदान गरि टिमलाई बिजयी गराएका थिए । खेलमा उत्कृष्ट खेलाडी यादवलाई स्थानीय मो. अनवरले साईकल पुरस्कार स्वरुप प्रदान गरेका थिए भन्ने गौरी शंकर हार्डवयरले चाँदी को सिक्का ।

खेल समितिका अध्यक्ष राज कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम प्रमुख अतिथि रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बिजेता टिमलाई नगद २१ हजार, शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे । यसैगरि उपबिजेता टिमलाई बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बेचनी देवी सरदारले नगद ११ हजार, शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, नेकपा प्रदेश नम्बर २ का सदस्य अरुन कुमार साह, वडा नम्बर १ का अध्यक्ष पिताम्बर यादव, ४ का छेदी इसर ,बसबिट्टी मा बि का प्रा अ श्याम प्रसाद यादव , पत्रकार बृजमान तामाङ, के छ खबरका प्रधान सम्पादक शंकर यादव, श्याम यादव लगायतकाले मन्तव्य व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिएका थिए ।

खेलाडीहरु लाई हौसला बढाउन समान समान पत्र समेत दिएका थिए । संगै समाचार र मिडिया पार्टनर को रुपमा शम्भुनाथ मिडिया हाउस प्रा लि बाट संचालित क छ खबर लाई समेत समान स्वरुप मेडल लगाई समान पत्र दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]