०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १७, २०७७

इटालीमा एक महिलाले उडानकै क्रममा हेलिकप्टरमै सन्तानालाई जन्म दिएकी छन् ।

गर्भवती रहेकी उनलाई लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । हेलिकप्टरमै बच्चा जन्माउने उनी आप्रवासी रहेको बीबीसीले जनाएको छ ।

इटालीमा पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दो क्रममा छ । अवैध रुपमा युरोप प्रवेश गरेका आप्रवासीहरुको उद्धार गरेको पानीजहाजलाई रोकेर त्यसमा रहेका तीन सय ५३ लाई ओराल्न मंगलबार स्वीकृति प्रदान गरिएको थियो ।

महिलालाई सुत्केरी बेथा लागेपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि हेलिकप्टरमै राखेर उनलाई पालेर्मोको अस्पताल लगिएको थियो।

उडिरहेकै हेलिकप्टरमा सन्तान जन्माएकी ती महिलाको पहिचान खुलाइएको छैन । उपचारका लागि नयाँ जन्मिएका सन्तानसहित पालेर्मोको अस्पतालमा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]