१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०३, २०८२

रौतहट- पर्सा प्रहरी कार्यलय नजिकै भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते भएका छन ।

हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका छन् ।

गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरु घाइते भएका छन् । घाइते तीन पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियोे । उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछी प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ ।

यता नेपाल पत्रकार महासंघ पर्साले समाचार सङकलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरुलाई घाइते बनाउने दोषीहरुलाई कारवाहीको माग गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]