२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १७, २०७७

वीरगन्जमा पछिल्लो २४ घण्टाभित्र थप ६४ जना कोरोना संक्रमित थपिएका छन्। चार सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका मात्रै थप ५० जनामा कोरोना पुष्टि भएको हो। पर्साका १३ र गण्डक अस्पतालका एक चिकित्सकमा पनि संक्रमण देखिएको छ। संकलन गरिएका स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको हो। अस्पतालका सूचना अधिकारी डा. अतुलेश कुमार चौरसियाका अनुसार ३६ जना पुरुष र २८ जना महिलालाई संक्रमण पुष्टि भएको छ। ५ देखि ७० वर्षसम्मका मानिसहरू संक्रमित भएका हुन्‌।

कहाँका कति संक्रमित?

पर्सामा थपिएका नयाँ संक्रमितहरुमा वीरगन्ज महानगरपालिका-४ का दुई जना, वडा नम्बर १२ का एक र वडा नम्बर १८ का एक जना रहेका छन्। बहुदरमाई नगरपालिका-४ मा ५ जना, वडा नम्बर ५ मा एक जना र वडा नम्बर ६ मा दुई जना संक्रमित थपिएका छन्‌।

बाराका धेरै

पछिल्लो पटक गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये बाराका धेरै छन्‌। यीमध्ये पनि अधिकांश कलैया नगरपालिकाका रहेको स्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ। कलैया नगरपालिकाको वडा नम्बर १ का पाँच जना, २ का ६ जना, ३ का एक जना, ४ का ६ जना, ५ का सात जना, ६ का एक जना, ७ का पाँच जना र ८ का एक जना रहेका छन्। त्यसैगरी ९ का एक जना, २० का चार जना, २१ का एक जना र २३ का तीन जना रहेको अस्पतालका सूचना अधिकारी डा. चौरसियाले जानकारी दिए। संक्रमितमध्ये बाराका तीन जनाको ठेगाना खुलाइएको छैन।

१३ जनाको सिटी भ्याल्यू ३२ सम्म

नयाँ थपिएका संक्रमितहरुमा साइकल थ्रेसहोल्ड (सिटी भ्याल्यू) १८ देखि ३२ सम्म रहेको पाइएको छ। १३ जनाको सिटी भ्याल्यू २४ भन्दा धेरै छ। सिटी भ्याल्यू २४ भन्दा धेरै भएका संक्रमित बढी जोखिममा पर्नसक्ने डा. चौरसियाले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]